Connect with us
Kapilvast Forest

वर्षदिन पनि टिकेन सडक

२०७९, ७ श्रावण शनिबारमा प्रकाशित

बुटवल- रुपन्देहीको गैडहवा गाउँपालिकाको २५ लाख रुपियाँ लगानीमा निर्माण भएको पाँच सय मिटर सडक एक वर्ष नहुँदै भत्किएको छ । सडक भत्किएपछि स्थानीयले निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको र प्राविधिक लापरबाही भएको भन्दै पुनः निर्माणको माग गरेका छन् ।

सडक अनुगमन गर्ने गाउँपालिकाका इन्जिनियरको लापरबाहीका कारण सडक भत्किएको आरोप स्थानीयको छ । गैडहवा–९, मन्द्रानी टोलदेखि वडा कार्यालय जाने सडक आर्थिक वर्ष २०७७/ ७८ को बजेटबाट निर्माण भएको हो ।

करिब २५ लाख बजेटमा निर्माण भएको हो । स्थानीयले सडक कमसल निर्माण भएको विषयमा पटक पटक इन्जिनियरलाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।

स्थानीय रामअवधेश यादवले सडक भत्किनुमा इन्जिनियरको समेत मिलेमतो रहेको बताउनुभयो । सडक निर्माण गर्दा कम्पनीले कमसल बिटुमिन प्रयोग गरेको आरोप स्थानीयको छ ।

गैडहवा गाउँपालिकाका इन्जिनियर रमेश यादवले एक वर्षअघि निर्माण भएको सडक पुनः निर्माणका लागि लक्की डिजाइनर्स एन्ड बिल्डर्सलाई ताकेता गरेको जानकारी दिनु भयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu