प्रेस युनियनमा कपिलवस्तुका चार पत्रकार केन्द्रिय सदस्यमा विजयी
कपिलबस्तु- नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा कपिलबस्तुका चार जना पत्रकार केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।
हेटौँडामा भएको महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वमा न्युजसेन्टर नेपालका सम्पादक सनिउल्लाह धोबीले ५ सय २० मत सहित केन्द्रिय सदस्यमा बिजयी हुनुभएको छ ।
यस्तै केन्द्रीय सदस्य पदमा नारद कोहार निर्बिरोध चयन हुनभएको छ भने महिला केन्द्रीय सदस्य सुसिला बेलबासेले ६ सय १५ र सविना पौडलले ८ सय ७१ मत सहित बिजयी हुनुभएको छ ।
प्रेस युनियनको केन्द्रिय अध्यक्षमा शिब लम्साल विजयी हुनुभएको छ । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानल बिजयी भएको छ ।
८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित हुनुभएको लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गर्नुभएको छ
युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित हुनुभएको छ ।