Connect with us
Kapilvast Forest

पहिरो पीडितलाई तत्काल उद्धार गर्न : गृहमन्त्रीको निर्देशन

२०७९, ९ श्रावण सोमबारमा प्रकाशित

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डागीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिदै घाइतेको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको प्रजिअ मरासिनीले बताउनु भयो ।

६५ वर्षीया नैना विष्टको भने जिवितै उद्धार गरेर अस्पताल पुर्याइएको मरासिनीले जानकारी दिनुभयो । उहाँको अवस्था सामान्य रहेको छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका प्रजिअ मरासिनीले बताए । घरमुली अमर भने कामका सिलसिलामा घर बाहिर रहेको जानकारी आएको र अहिले पहिरो रोकिएको उहाँले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu