जेसिबीबाट खोला तर्दै स्थानीय
डडेल्धुरा- को परशुराम नगरपालिकास्थित पुन्तुरा खोलामा जेसिबीको प्रयोग गर्दै स्थानीय नागरिक नदी वारपार गर्न वाध्य बनेका छन् । मङ्गलबार साँझदेखि निरन्तर वर्षा भएपछि खोलामा पानीको बहाव बढेको थियो ।
नगरपालिका सदरमुकाम नजिक रहेको पुन्तुरा खोलामा स्थानीयहरु नदी तर्न नसकेपछि जेसिबीको सहयोगमा वारपार गरिरहेका छन् । परशुराम नगरपालिका आउने नागरिकहरु खोलामा फसेपछि नगरपालिकाको डोजर लगाएर उद्धार गरिएको परशुराम नगरपालिकाका उपप्रमुख विमला बोहराले जानकारी दिईनन् ।
परशुराम नगरपालिकोका सदरमुकाम –१२ देखि ६ र ७ जोड्ने पुन्तुरा खोलामा पुल नहुँदा स्थानीयको ज्यान यसरी जोखिममा परेको छ । सिमलखेतमा प्राविसम्मको पठनपाठन हुने भएकाले जोगबुडा सदरमुकामा गएर अध्ययन गर्ने विद्यार्थीलाई समस्या भएको छ ।
नगरपालिका उपप्रमुख विमला बोहराले पालिकाको बजेटले पुल निर्माण सम्भव नहुने बताउनुभयो । उहाँले खोलामा पुल निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गर्ने बताए ।
वि.सं. २०७४ भदौमा पुन्तुरा खोलाले बगाउँदा परशुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका वडा सदस्य नरबहादुर धामीको मृत्यु भएको थियो ।