Connect with us
Kapilvast Forest

अवैध चिनी बरामद

२०७९, ९ श्रावण सोमबारमा प्रकाशित

चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो ।

रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो । बरामद गरिएको चिनी, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको उहाँले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu