कोरोना सक्रमण फैलन नदिन स्वास्थ्य मापदन्ड अपनाउन आग्रह
कपिलवस्तु
कोरोना सक्रमणको दर बृद्धि भए पछि त्यसबाट बच्न स्वास्थ्य मापदन्ड अपनाई सजह रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा संपन्न कोभिड ब्यवस्थापन समितिले सो निर्णय गर्दै स्वास्थ्य सर्तकता अपनाउन नागरिकहरुलाई अपील गरेको हो ।
कोभिड १९ संकट ब्यवस्थापन समन्वय केन्द्रले गत साउन ३ गते गरको निर्णय कार्यान्वय गर्ने र सबै निकायले सो निर्णय पालन गर्ने निर्णय गरिएको प्रजिअ धमेन्द्र कुमार मिश्रले बताए ।
केही दिन यता देशब्यापीहरुपमा कोरोना सक्रमितको संख्या बढेको पछि आफुहरुले जनताहरुलाई सजगह रहन आग्रह गरिएको उनले बताए । ‘ स्वास्थ्य मापन्ड अपनाए कोभिड १९ बाट जोगीन सक्छौ ’ उनले भने ।
कोभिड फैलन नदिन भीडभाड हुने जिल्ला प्रशासन कार्यालय र भुमीसुधार तथा नापी कार्यालयमा आएको सेवाग्रहीको नमुना एन्टीजेन पवरिक्षण समेत लिने समितिले निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए ।
नमुना परिक्षणकालागि आवश्यक जनशक्ति तयार गरी चाडै नमुना परिक्षण गरिने उनले बताए । कोभिड प्रतिकार्यकालागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री, ओषधी र जनशक्ति लगायत तयारी अवस्थामा राख्ने समेत निर्णय गरिएको छ ।
पुर्व तयारीकालागि खर्चको अनुमान समेत गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखी पठाउने समेत समितिले निर्णय गरेको छ । कपिलवसतु नगरपालिकाका मेयर स्ुदीप पौडेलले जिल्लाले तेश्रो भेरियन्ट सम्म सामना गरेको भन्दै अब कोरोना फैलन नदिन बेलैमा सजह हुनु पर्ने बताए ।
उनले कोरोनाकालागि सबै पालिका र स्वास्थ्य संस्थाले पुर्व तयारी गरी बस्नु पर्ने बताए । कोरोना फैलन नदिन आफुहरुले आवश्य तयारी गर्ने बताए । बैठकमा कपिलवस्तु् अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट किशोर बन्जाडेले अस्पतालमा जनशक्ति र बजेट अभावले समस्या परेको बताए ।
उनले आवश्यक जनशक्तिकालागि बजेट बिनियोजनकालागि अहिले देखि नै पलह गर्नु पर्ने बताए । कोरोना फैलन नदिन जिल्लाका १० वटै पालिकालाई सजग रहन र पुवै तयारीमा रहन समेत आग्रह गरिएको छ ।
मर्यादपुर नाकामा एन्टीजेन परिक्षणकालागि आवश्यक तयारी गर्ने समेत निर्णय गरिएको छ ।जिल्लामा सोमवार सम्म १४ जना सकृय संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । उता कृष्णनगर नाकामा गरिएको एन्टीजेन परिक्षणकाक्रममा आईतवार मात्र १४ जना संक्रमति फेला परेका छन । बैठकमा जिल्लाका सुरक्षा निकायमा प्रमुखहरुको समेत सहभागीता थियो ।