Connect with us
Kapilvast Forest

अब व्यक्तिलाई सबल बनाउन पत्रकारिता : अध्यक्ष पोख्रेल

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

काठमाडौ- नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले हरेक व्यक्तिलाई सबल बनाउने पत्रकारिता अबको आवश्यकता भएको बताएका छन् । प्रविधिको विकाससँगै अब पत्रकारिताको काम आवाजहीनको आवाज भन्ने भाष्यमा मात्र सीमित हुन नहुने उनको भनाइ छ ।

अप्टिमिस्ट इन्टरनेशनल नेपाल नामक संस्थाले आयोजना गरेको कन्स्ट्रक्टिभ जर्नलिज्म विषयक अन्तरक्रियामा बोल्दै पोख्रेलले भने अब प्रविधिको व्यापकता भैसकेको छ, इन्टरनेटमाथि नागरिकको पहुँच स्थापित भैसकेको अवस्थामा आवाजहीनको आवाज दिनका लागि मात्र मिडियाको आवश्यकता नपर्न सक्छ ।

उनले भने त्यसैले संविधानमा व्यवस्था भएको मौलिक हकको उपयोग गर्दै नागरिकहरु सशक्त भएका छन् कि छैनन् भन्ने कुराको अनुगमन र खबरदारी गर्ने दिशामा पत्रकारिता जानुपर्दछ । सबल र सशक्त नागरिक निर्माणका लागि मिडियाले काम गर्छ भन्ने भाष्य स्थापित गर्नतर्फ मिडिया उन्मुख हुनुपर्ने उनले बताए ।

पत्रकारिताको अन्तिम मूल्यांकनकर्ता मिडिया उपभोक्ता रहेको चर्चा गर्दै पोख्रेलले पत्रकारिताका बारेमा नागरिक स्तरमा समेत चर्चा र छलफल हुनुपर्नेमा जोड दिए । सकारात्मक परिवर्तनको अपेक्षाका साथ गरिने पत्रकारिताले कहिलेकाहीँ नकारात्मक विषय उठान गरेको भान पर्नसक्ने पनि पोख्रेलले बताए । तर त्यस्तो समाचारले ल्याउने सकारात्मक परिणामका बारेमा पनि सञ्चार उपभोक्ताहरुले ध्यान दिनुपर्छ उनले भने ।

अप्टिमिस्ट इन्टरनेशनल नेपालको पाँचौं स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहाल, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्फेवा, पत्रकार बबिता बस्नेत र प्रकाश रिमालले पनि धारणा राखेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu