Connect with us
Kapilvast Forest

गुल्मीमा : ११ वर्षीया बालिका बलात्कृत

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

गुल्मीमा : ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको छ ।

अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँ स्थित खरबारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu