Connect with us
Kapilvast Forest

वडाध्यक्षको टोलीद्वारा चौंरी गोठालाले पत्ता लगाएका ताल अवलोकन

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

प्रकृतिको काखमा रहेका धेरै ताल अझै पनि ओझेलमा परेका छन्। मानव समाजको पहुँचबाट धेरै टाढा रहेका तालहरूको संरक्षणमा कुनै निकायको ध्यान जान सकेको छैन । भौगोलिक विकटता, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज अनुसन्धानको कमीका कारण ती तालको संरक्षण नभएको हो । जसकारण धेरै ताल गुमनाम अवस्थामा छन् ।

प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन् यद्यपि तिनको उजागर हुन सकेको छैन । गुठीचौर गाउँपालिका– १ मणिसाँघुबाट डेढ दिनको दूरीको ४७०० मिटरमा अवस्थित आकाशे ताल (स्काई लेक), ४३०० मिटरको हिउल्सा ताल र ४००६ सय मिटर उचाइमा रहेको दूधकुण्डली ताल पर्यटकहरूको पर्खाईमा छन् ।

ती ताल सात वर्षअघि चौंरी गोठालाहरूले पत्ता लगाएका थिए । ती तालहरू रहेको क्षेत्रमा तीनअघि वडाध्यक्ष अर्जुनकुमार महताराको टोली अवलोकन गरेर फर्केको छ । महताराका अनुसार डोल्पा नजिक पर्ने तालमा मणिसाँघु हुँदै घाट ओडार, दूधकुण्डली र हिउल्सा ताल भएर आकाशे तालमा पुगिन्छ । तालको उत्तरपट्टि डोल्पाको जगदुल्ला हिमाल पर्छ ।

गुठिचौर गाउँपालिका–१ जुम्लाको प्रशासनिक केन्द्र मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलोपटक वडाध्यक्ष टोली पुगेको हो । “यसअघि चौंरी गोठालाहरू मुस्किलले त्यहाँ पुगेका रहेछन्,”महताराले भने, त्यो पनि चौंरी हराउँदा खोज्दै जाने क्रममा ताल देखिएको रहेछ ।

ताल पत्ता लगाउन भूमिका खेलेकाका सोही वडाका ५० वर्षीय स्थानीय साङ्बो गुरुङका अनुसार २०७२ मा चौरी खोज्दै जाने क्रममा तालमा पुगिएको बताए । त्यहाँ सजिलै मान्छे नपुग्ने र त्यसको महत्वबारे थाहा नभएकाले पनि आकाशे तालको कुरा बाहिर आउन नसकेको उनको भनाइ छ।

आकाशको जस्तो नीलो रंग भएकाले त्यसलाई आकाशे ताल भनिएको उनले बताए । वडाध्यक्ष महताराको टोलीले आकाशे तालसहित हिउल्सा ताल, दूधकुण्डली प्रकाशमा ल्याएको छ ।

पर्यटन विकास र प्रवर्द्धनबाट अर्थतन्त्रमा वृद्धि हुने भन्दै उनले पर्यटकहरूको सहज पहुँच एवं आवतजावतका लागि त्यहाँसम्म सडक पुग्न आवश्यक रहेको बताए । उनले आकाशे तालसम्म पुग्ने बाटो निर्माणका लागि करिब ७० लाख बजेट लाग्ने अनुमान गरिएको बताए ।

कान्छो कैलाश पर्वतका रूपले चिनिने यो तालको शिरमा दूधकुण्डली हिमाल अवस्थित छ । शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ । निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घण्टाको समय लाग्ने वडाध्यक्ष महताराले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu