Connect with us
Kapilvast Forest

अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा

२०७९, १२ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं- संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नु भएको छ। बिहीबार अपराह्न अमेरिकी विदेशमन्त्री लु काठमाडौं आइपुग्नु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपालस्थित अमेरिकी राजदूतावासका उच्च अधिकारीले स्वागत गर्नुभएको छ।

यसअघि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँ दुई दिनसम्म नेपालमा रहनुहुनेछ। नेपालमा उहाँले उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुहुनेछ। काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममासमेत सहभागी हुनुहुने जानकारी गर्नुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu