Connect with us
Kapilvast Forest

संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

२०७९, १३ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं- बजेटमा करका दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाएको छ।

शुक्रबार समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासमक्ष समितिले तयार पारेको प्रतिवेदन पेश गर्नुभएको हो।सभामुखको निजी सचिवालयका अनुसार संघीय संसद भवनको शंकर हलमा पुगेर समितिले सभामुख समक्ष शुक्रबार दिउँसो प्रतिवेदन पेश गरेको हो।

२०७९ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्नुभएको आर्थिक वर्ष २०७९/०८०को आर्थिक विधेयकमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएकाे विषय सार्वजनिक भएपछि असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन भएको हो ।

संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै प्रतिनिधिसभा बैठकमै राजीनामा घोषणा गर्नुभएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu