Connect with us
Kapilvast Forest

पहिरोबाट मृत्यु भएकाको परिवारलाई : राहत

२०७९, १४ श्रावण शनिबारमा प्रकाशित

अछाम- तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले घरभित्र पुरिएर मृत्यु भएका तीन जनाका आफन्तलाई छ लाख रुपियाँ राहत प्रदान गरिएको छ। प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी तुर्माखाँद गाउँपालिका पुगेर मृतकका आफन्तलाई राहत रकम हस्तान्तरण गर्नुभएको छ ।

पहिरोले घरमा च्यापिएर मृत्यु भएका तीन जनालाई प्रतिमृतक दुई लाखका दरले राहत उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो।
आइतबार राति घरमाथि खनिएको सडकबाट पहिरो आउँदा भुलुका १५ वर्षीय संविधान विष्ट, २५ वर्षीय वीरेन्द्र विष्ट र ४५ वर्षीया हरिकला विष्टको घरमा पुरिएर मृत्यु भएको थियो।

५५ वर्षीया नैनकला विष्टलाई घाइते अवस्थामा स्थानीयले उद्धार गरेका थिए। घर माथिबाट पहिरोसँगै ठूलो रुख आएका कारण दश कोठासहितको तीन तले घर राति करिब १२ बजेतिर भत्किएकोजानकारी गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu