Connect with us
Kapilvast Forest

फोहोरभित्रको गिरोहले फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ

२०७९, १४ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गर्नुभएको छ ।शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा जानकारी गर्नु भएको थियो ।

फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको उहाँको भनाइ छ ।मन्त्री श्रेष्ठले भन्नुभयो फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ ।

सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन । फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन तर यहाँ भित्रको गिरोहले ठूलो कुरा बताएको हो ।

स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा सङ्घीय सरकार सहयोगका लागि तयार रहेको जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको उहाँ बताउनुहुन्छ ।सरसफाईको योजना पूरा गर्न संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।

मन्त्री श्रेष्ठले नाइट टूरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताएका छन् ।

सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकले बुझाउन आवश्यक रहेको उहाँको भनाइ छ ।उहाँ स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग गर्न आग्रह गर्नुभयो ।

उहाँले मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताउनुभयो । मन्त्री जम्कट्टेलले योजना लिएर आउने युवाहरुलाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न आग्रह गर्नुभयो ।

मन्त्री जम्कट्टेलले विकासको काममा आउने युवालाई पार्टीको नजरले हेर्न नहुने धारणा राख्नुभयो । काठमाडौंको विकासका लागि नयाँ ढङ्गले बहस गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu