कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था : सुधारउन्मुख
काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँको स्वास्थ्य अवस्था सामान्य छ डा. बज्राचार्यले भन्नुभयो अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार गरिरहेको छ । नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो । यसअघि उहाँको उपचार भारतमा भएको थियो ।