Connect with us
Kapilvast Forest

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

२०७९, १८ श्रावण बुधबारमा प्रकाशित

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति १० बजेपछि सञ्चालनमा आएको थियो।

संचालनमा आएको केही समयमा नै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती २ बजे सो स्थानमा पहिरो खसेको थियो । लेदोसहित खसेको पहिरोमा एक भारतिय ट्रक फसेको छ । ट्रकमा रहेका यात्रुहरूको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । पहिरो खस्दा यात्रामा रहेका यात्रुहरु अलपत्र परेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu