Connect with us
Kapilvast Forest

साउन २३ देखि मनकामना केबलकारको सेवा बन्द

२०७९, १८ श्रावण बुधबारमा प्रकाशित

मनकामना केबलकार प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय बन्द हुने भएको छ । यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि केबलकार सेवा बन्द हुने भएको हो ।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीको भनाइ ।

चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जाने केबलकारको स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन् । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने छ । यस अवधिभर केबलकार सेवा बन्द रहेता पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu