Connect with us
Kapilvast Forest

आउँदो चुनावका लागि दार्चुलामा दुई मतदानस्थल थप गर्न सिफारिस

२०७९, १८ श्रावण बुधबारमा प्रकाशित

आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि दार्चुलामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ।जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अपिहिमाल गाउँपालिका–३ को सुर्मा भवानी आधारभूत विद्यालय थुम्ती र लेकम गाउँपालिका–४ को तमैराज आधारभूत विद्यालय झलातीमा केन्द्र थप गर्न सिफारिस गरेको हो।

जिल्लाभरि चार मतदानस्थल थप गर्न निवेदन आएको भए पनि प्रक्रिया नमिल्दा ती मात्र थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए। यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा एक सय १२ मतदानस्थल हुनेछन्।

यस्तै, गत आर्थिक वर्षसम्म जिल्लामा ८९ हजार तीन सय ८२ मतदाता पुगेका छन्। गत स्थानीय तह निर्वाचनमा ८८ हजार दुई सय ८५ मतदाता थिए। अहिले पनि निरन्तर मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी छ। अहिले जिल्ला प्रशासन कार्यालयमै मतदाता नामावली दर्ताक्रम जारी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu