परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जानुहुँदै
काठमाडौं-परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री चीन भ्रमणमा जान लाग्नुभएको हो ।परारष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्री खड्काको भ्रमण तालिका साउन २४ देखि २६ गतेसम्म रहने उल्लेख गरिएको छ ।
भ्रमण तालिकाअनुसार साउन २५ गते चिङदाआमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । त्यस्तै परराष्ट्रमन्त्रीको खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजना गर्नुहुनेछ । परराष्ट्रमन्त्री खड्का साउन २६ गते बिहीबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।
