Connect with us

म जापानमा रहेका नेपालीको अवस्थाबारे बुझ्न आएको हुँ : प्रचण्ड

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

नेकपा- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जापानमा रहेका नेपालीको अवस्थाबारे बुझ्ने आएको बताएका छन्।शनिबार बिहान टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जापानमा बस्ने नेपालीको लागि नेपालले के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने बताउनु भयो ।

नेपाल र जापानको सम्बन्ध धेरै पुरानो भएको भन्दै उनले जापान नेपालको प्रमुख डोनर कन्ट्री भएकोसमेत स्मरण गरे।आफ्नो र राष्ट्रिय सभा अध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने प्रचण्डले विश्वास लिनु भएको छ ।

हाम्रो लागि जापान प्रेरणाको मुख्य स्रोत भएको बताएका छन् । उनले जापानको आइटीको स्थिति के छ भन्नेमा रुची रहेको बताए। युद्धबाट प्रभावित भएको देश आफ्नै मेहेनतले यतिमाथि आउन सक्दो रहेछ भन्ने उदाहरण जापान भएको प्रचण्डले बताए। यसबाट सबैले प्रेरणा लिनुपर्ने उनले भन्नु भयो ।

जापान हामी सबैका निम्ति एउटा प्रेरणाको स्रोत पनि हो। कसरी युद्धबाट तवाहा बनाइएको देश, आफ्नै खुट्टामा उभिएर, आफ्नै मेहनतले यति माथि आउनसक्दो रहेछ भन्ने कुराको उदाहरण जापान हो उनलेभन्नु भएको हो ।

यसैबीच प्रचण्डले हालै संसदबाट नागरिकता विधेयक पारित गराएको भन्दै एनआरएनएको हितमा यसले काम गर्ने बताए। उनले नेपालभित्र विकासको नयाँ प्रक्रियाको सुरुवात भयो भन्ने सन्देश दिन सके नेपाली फर्कने उनको भनाइ छ।

मेरो ध्यान आउनुहोस् फर्कनुहोस् भनेर फर्कने स्थिति हुँदैन। त्यहाँ त्यस्तो भौतिक र राजनीतिक आधार बनाइदिनु पर्‍यो जसले नेपालीहरू स्वतः आफ्नो ज्ञान सिप र सम्पती लिएर स्वदेश फर्कने वातावरण बनोस् उनले भने।

प्रचण्डले जापान भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेपनि पूरा हुन नसकेको बताए । उनले आबेलाई भेट्ने इच्छा भए पनि भेट्न नपाएको बताएका हुन्।

आबे र आफ्नो पूर्व प्रधानमन्त्रीका हैसियतले पटकपटक वार्ता भएको स्मरण गर्दै उनले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भएको र यसको तयारी गरे पनि उनले त्यो पूरा हुन नपाएको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ शनिबार बिहान जापान पुगेका हुन् । उनलाई जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीसहित एनआरएनका पूर्वअध्यक्ष भवन भट्टलगायतले विमानस्थलमा स्वागत गरेका थिए।

पाँच दिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए । अध्यक्ष दाहालले आज फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्नेछन् । दाहाल जापानमा रहँदा जापानमा केही राजनीतिक भेटघाटसमेत गर्नेछन्। दाहाल साउन २५ गते स्वदेश फर्किने भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu