Connect with us
Kapilvast Forest

महिना दिनपछि खुल्यो सडक

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

कालीकोट- जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको मुल सडक एक महिना पछि सुचारु भएको छ । गत असारको १९ गते वाट अवरुद्ध भएको सान्तीघाट मेहेलमुडीको मुल सडक शुक्रबार साँझबाट उक्त सडक सञ्चालनमा आएको छ ।

वलिमालिका माईको दर्शनका लागि सयौं भक्क्तजनहरु सोही सडक भएर जाने भएकाले गाउँपालिकाले रातारात काम गरेर सडकलाई सुचारु गराएको जनाएको छ । गाउँपालिका उपाध्याक्ष पार्वती सिहं सज्यालले गाउँपालिका आएको तीन दिनयता सडक खुलाउन आफैँ पहिरोग्रस्त क्षेत्रमा खटिएको जानकारी दिनुभयो ।

उपाध्याक्ष सज्यालले वर्षा पनि नरोकिएका कारणले पहिरो आइरहने भएकाले केही दिन काम रोकेका थियौँ ।तर बडिमाली माईको पूजा लाग्ने र त्यहाँ सह्यौँ भक्तजनहरु दर्शनका लागि जाने भएकाले दैनिक पहिरोग्रस्त क्षेत्रमा स्काभेटर राखेर भए पनि सडक सुचारु गराएको बताउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu