Connect with us
Kapilvast Forest

खच्चड धपाउँदा पहिरोमा परेका सुरेशलाई गाउँलेले हेलिकप्टरबाट काठमाडौं पठाए, बचाउन सकेनन्

२०७९, २२ श्रावण आईतवारमा प्रकाशित

उत्तरी गोरखाको सिर्दिवासबाट माछीखोलातर्फ खच्चड ल्याउँदै गर्दा पहिरोमा परेर गम्भीर घाइते भएका सुरेश गुरूङ बुलसिंको उपचारका क्रममा मृत्यु भएको छ। साउन २० गते धार्चे गाउँपालिका वडा नम्बर १ यारू बगरस्थित क्यान्टिलिभर पुलनजिकै पहिरो खस्दा खच्चड धनीसमेत रहेका ड्राइभर खचण्ड धपाउने व्यक्ति गुरूङ घाइते भएका हुन् ।

धार्चे गाउँपालिका वडा नम्बर ७ भिरकुनाका ३५ वर्षीय गुरूङ ढुंगाले लागेपछि गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरी हेलिकप्टरबाट उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको थियो।

उपचारका क्रममा उनको शनिबार राति निधन भएको स्थानीय वीरबल घलेले बताए । ढुंगाले लागेर टाउको, हातखुट्टामा गहिरो चोट लागेको थियो। एक लाख ८० हजार भाडा तिरेर हेलिकप्टरबाट काठमाडौं ल्याएका थियौं। हेलिकप्टरको भाडा अझै तिरिसकेको छैन उनले भने उपचारमा एक लाख २८ हजार खर्च भएकोमा टिचिङ अस्पतालले एक लाख मिनाहा गरिदियो भने बाँकी २८ हजार गाउँलेहरूले पैसा उठाएर तिरेका हुन्।

गुरूङको आजै स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी रहेको उनले जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu