आर्यन फिल्म सायरामा अनुबन्धित
अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन्। निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिज प्राली र अभिनेता सिग्देलबीच आइतबार लिखित सम्झौता भएको हो। अभिनेता सिग्देलले आफूलाई सुहाउँदो भूमिका पाएपछि फिल्ममा काम गर्न सम्झौता गरेको उनले बताएका हुन् ।
रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ। आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्मको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुने बताइएको हो।
फिल्मको कथा प्रस्तुतकर्ता रघुले तयार पारेका हुन्। उनले भारतीय फिल्मको निर्देशक रहने बताउँदै भने, ‘निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन्। उहाँलाई अनुबन्धित गरेपछि बताउँ छौँ।
अभिनेता आर्यनले केही समयअगाडि निर्माण तथा अभिनय गरेको फिल्म ‘कायरा’ झैं सुनिने नाम भएको ‘सायरा’मा काम गर्न लागेका हुन्। उनी पछिल्लाे समय फिल्म च च हुई मा देखिएका हुन् ।