Connect with us
Kapilvast Forest

कपिलवस्तुको प्रहरी प्रमुखमा बस्नेत

२०७९, २७ श्रावण शुक्रबारमा प्रकाशित

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रमुखमा प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत आउनु भएको छ ।

प्रहरी प्रधान कार्यालय हेडक्वाटर काठमाण्डौले केही दिन अघि बिभिन्न जिल्ला प्रहरी कार्यालका प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा कपिलवस्तु जिल्लामा पनि प्रहरी उपरिक्षक दान बहादुर कार्की प्रहरी बरिष्ठ उपरिक्षमा स्तह बढुवा भएर गए पछि जिल्लामा रिक्त रहेको पदमा प्रहरी उपरीक्षक बस्नेत साउन २३ गते सोमवार कार्यालमा हाजिरी हुन आउनु भएको हो ।

कपिलवस्तु आउनु भन्दा अगाडि प्रहरी प्रधान कार्यलय हेडक्वाटर काठमाण्डौमा रहि सफल कार्य सम्पादन गर्ने एक स्वच्छ छवि भएका प्रहरी उपरीक्षक बस्नेतको प्रहरीमा राम्रो छवि रहेको छ ।

कपिलवस्तुमा सरुवा भई आएका वस्नेतले नागरिकको  हितमा काम गरेर देखाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj