गिरिको निधनमा बिहारका मुख्यमन्त्रीले भने : एक सच्चा नेपाली साथी गुमाएँ
काठमाडौं -भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप गिरीको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।आइतबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री नितिशले नेता गिरीसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको भन्दै उनी दार्शनिक र समाजवादी विचारक रहेको उल्लेख गरेका छन् ।
गिरीको निधनको खबर सुनेरआफू स्तब्ध भएको उल्लेख गर्दै मुख्यमन्त्री नितिशले आफूले एक सच्चा नेपाली साथी गुमाएको बताएका छन् । यसैगरी भारतको समाजवादी आन्दोनका एक अगुवा तथा जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर आनन्दकुमारले नेपालले समाजवादी आन्दोलनका एक हस्ती गुमाएको वताएका छन् ।