प्रतिजैविक प्रतिरोध बिषयक लघु चलचित्र प्रर्दशन
कपिलवस्तु- कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरमा समुदायको सअभागीतामा एन्टीमाईक्रोबियल प्रतिजैविक प्रतिरोध लघु चलचित्र प्रर्दशन गरिएको छ । जथाभावी औाषधी सेवनले पार्ने असर र त्यसको न्युनीकरणकालागि जन चेतना फैलाउन हर्ड कोस्टर र संपुर्ण कोलोस्टर कार्यशाला सहभागीको आयोजनामा चलचित्र प्रर्दशन गरिएको हो । शरीरमा रहेका आखाले नदेख्ने भारईरस, ब्याक्टेरिया, परजिवी, ढुसी जस्ता किटाणृुहरुकाले रोगहरु बिरुद्ध प्रयोग गरिने औषधीलाई प्रति जैजैविक औषधी एन्टिमाईक्रोबियल भनिन्छ ।
औषधीको अनुचित प्रयोगले शरिरका किटाणुले औषधीको प्रतिरोध गर्छन जसले गर्दा प्रयोग गरिने औषधीले काम गर्न छाडछ । यस्तो अवस्थालाई प्रतिजैविक प्रतिरोध भन्ने गरिएको हर्डकी आबुत्ति अज्र्यालले बताईन । प्रति जैविकले पार्ने असर र त्यसको जन चेतनाकालागि त्यही समुदायका १३ जना अगुववाई तालिम दिईएको थियो । उनीहरुले नै त्यस बारेमा लघु चलचित्रत्र बनाएका थिए । त्यसैलाई अहिले प्रर्दशन गरिएको हो ।

खुल्ला रुपमा औषधी किन्न र प्रयो गर्न पाईने, ताकिएको औषधीको पुरा मात्र नलिइ बिचैमा छाडने, सरसफाइको कमी र अभावले त्यस प्रकारको औषधी अधिक सेवन गरेका पशुजन्य उत्पादनको प्रयोग, औषधीको अत्यधिक प्रयोग र दुरुपयोगले एन्टीमाईक्रोबियल निम्त्याउने अर्यालले बताईन । प्रतिजैबिक प्रतिरोधले उपचार नर्ग गाह्रो हुने र अस्पतालको बसाई लम्बिने उपचार खर्चिलो हुने। अन्य असरहरु बढने, प्रतिरोधी किटाणुहरु संसारभर फैलने उनले बताईन । हर्डका प्रतनिधि लोकमणि पौडेलले जथाभावी औषधी प्रयाग नगरी डाक्टरहरुका सल्लाह अनुसार औाषधी पुरा मात्रामा सेवन गर्नु पर्ने बताए ।
उनले अहिले गाउ घरमा जथाभावी औषधी सेवन गर्ने चलन बढलेको त्यसको असर पनि देखिन थालेको बताए । यस बारमो सुमदायहरुलाई सचेत गराउन नै यो कार्यक्रम गरिएको उनले बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उप मेयर सुनिता गुप्ताले अहिले गाउ घरमा औषधी सेवनमा लापरबाही गरिएकाले त्यसलाई बेलैमा रोक्नु पर्ने बताईन ।
उनले समुदायहरु यस बारेमा आफै सचेत बन्नु पर्ने र सबै निकायले मिलेर यस बारेका काम गर्नु पर्ने बताए । कार्यक्रमा वडा नम्बर ९ का अध्यक्ष दिपक गुरुङ, वडा नम्बर १० अध्यक्ष मोहनलाल शर्मा , कनकमुनी उमाबिका प्राचार्य अफाक अहमद खा घन श्याम पोख्रेल लागतयले मन्तब्य दिएका थिए ।