Connect with us
Kapilvast Forest

शिवराजमा गैरकानुनी हाकिम पूर्ण विश्वकर्मा

२०७९, १३ भाद्र सोमबारमा प्रकाशित

शिक्षक नियुक्तिमा चरम विवादमा पर्ने शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण विकले आफूले स्वघोषित हाकिमको जिम्मेवारी लिएका छन् । आठौँ तहका अधिकृत विकले उपसचिव गणेश प्रसाद अर्यालको सरुवा भएसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत भन्दै कर्मचारी भर्नाको विज्ञापन,कर्मचारी सरुवा र कर्मचारी भित्र गुटबन्दी गरिरहेका छन् ।
विकलाई पूर्व प्रशासकीय अधिकृत र मन्त्रालय कसैले पनि निमित्तको पत्र दिएको छैन । पत्र नभई हस्ताक्षर गर्नु गैर कानुनी मानिन्छ । अर्यालको सरुवा भए लगतै विकले नगरमा मन मर्जी निर्णय गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरको दुरुपयोग समेत गरेका छन् ।

अधिकृत विकले आफू निकटका व्यक्तिलाई नियुक्ति गर्न गैर कानुनी रूपमा विज्ञापन खोलेका छन् । स्रोतका अनुसार उनका भाइलाई स्रोत व्यक्तिमा नियुक्ति गर्नको लागि विज्ञापन खोलेको बताइएको छ । स्रोत भन्छ “मेयरका मान्छेहरू पनि समावेश गर्ने गरी विज्ञापन खोलिएको छ,यो पूर्ण रूपमा गैर कानुनी हो, ।

केही दिनमा प्रमुख प्रशासकीय अधिकृत आउने जानकारी पाएपछि विकले हतार हतार गरी सूचना अधिकृत र स्रोत व्यक्तिको विज्ञापन खुला गरेका छन् । निमित्त दिएको पत्र नभई हस्ताक्षर गर्न नपाइने कानुनी व्यवस्था भए पनि विकले मनोमानी तवर वाट आफूलाई निमित्त घोषणा गर्दै दैनिक काम कारबाही गरिरहेका छन् ।
विकले अर्यालको सरुवा भए लगतै स्वास्थ्यकर्मी प्रकाश पोख्रेललाई नगरमा हाजिर गराएका छन् । चनई स्वास्थ्य चौकीमा सरुवामा भएका पोख्रेल उक्त ठाउँ जान नमानेपछि झुट्टा विवरणलाई आधार मानी भदौ ६ गते देखि नगरमा हाजिर गर्न लगाएका हुन ।

पोख्रेलले भदौ १२ गते मात्र नगरमा हाजिर गराउनु भन्दै निवेदन दिएका थिए । अधिकृत विकले मनोमानी तवरले ६ दिनको हाजिर गराएर अहिले विरोध आएपछि उक्त हाजिरलाई इस्टीज गरी बन्द गरेका छन् । १२ गते निवेदन दिएका पोख्रेललाई ६ दिन अघि नै हाजिर गराउनुले उनको निकटता प्रस्ट हुन्छ । उनको काम प्रति नगर अन्य कर्मचारीहरू पनि असन्तुष्ट छन् ।

यता विकले आफूलाई कसैले पनि निमित्तको पत्र नदिएको र निमित्तले कर्मचारी नियुक्त गर्न नपाउने स्वीकार गरेका छन् । निजामती कर्मचारी ऐन अनुसार आफूले अधिकार प्रयोग गरेको दाबी गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu