लुम्बिनी सांस्कृतिकका पूर्वमेयर चौधरी जनमत पार्टीमा प्रवेश
रुपन्देही- रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन्।
चाैधरी २०७४ सालमा स्वतन्त्र उम्मेदवार बनेर लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयर बन्नुभएकाे थियाे ।
पछिल्लो स्थानीय चुनावमा उनी लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट पुनः मेयरमा प्रतिस्पर्धा गरेपनि पराजित हुनुभएको थियाे ।
जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले पूर्वमेयर चौधरीलाई पार्टि प्रवेश गराउनु भएकाे थियाे ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपाल जसपाको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष तथा पूर्व सांसद नरसिंह चौधरी, लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा जसपा नेता राजेन्द्र गुप्ता, कैलाश गुरुङ, मुरारी अग्रवालसहित सयजना बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयाे ।