Connect with us
Kapilvast Forest

भोलिसम्म सिट बाँडफाँटसँगै प्रदेश नेतृत्वको टुंगो लाग्छ : प्रचण्ड

२०७९, १७ भाद्र शुक्रबारमा प्रकाशित

prachanda-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारसम्म पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुंगो लाग्ने बताएका छन्।

प्रचण्डले सिट बाँडफाँडसँगै प्रदेशको नेतृत्वको विषय पनि सँगै टुंगो लगाइने बताए। ‘सिट बाँडफाँटसँगै कुन–कुन प्रदेश कसले पाउने भन्ने पनि टुंगो लगाउनुपर्ने भएकाले केही ढिलो भएको हो,’ शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘शनिबारसम्म यि सबै विषयहरुको टुंगो लाग्छ।’

प्रचण्डले एक दलले प्रतिनिधिसभाको टिकट पाएको ठाउँमा अर्को दललाई प्रदेशसभा दिने गरेर सहमति भएको जानकारी दिए। ‘संघ एउटा दलले लिए अर्को दलले प्रदेश लिने गरेर मापदण्ड बनाएका छौं,’ उनले भने, ‘एक्लै जित्न सक्ने ठाउँमा पनि अर्को दललाई स्थान दिँदा परिणाम राम्रो आउने अपेक्षा हाम्रो हो।’

प्रचण्डले गठबन्धन दलबीच कुनै समस्या नरहेको बताए। ‘गठबन्धनलाई अझ कसरी प्रभावकारी बनाउने भन्नेमा हामी केन्द्रीत छौं,’ उनले भने, ‘स्थानीय तह निर्वाचनबाट पाठ सिक्दै कुनै समस्या नआउने गरेर गठबन्धनलाई प्रभावकारी बनाउँछौं।’

प्रचण्डले आफू चितवनको निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लड्ने पनि बताए। उनले आफ्नो तुलना एमाले नेता रामबहादुर थापासँग नगर्न पनि आग्रह गरे। ‘तुलना नहुने विषयमा पत्रकार साथीहरुले प्रश्न नसोधे राम्रो हुन्थ्यो,’ प्रचण्डले भने।

उनले एकीकृत समाजवादीसँग निकट भविश्यमै पार्टी एकीकरण हुने बताए। उनले तत्कालका लागि एउटै घोषणापत्र बनाएर जनता समक्ष जाने गरेर छलफल भइरहेको बताए। ‘तत्काल पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणापत्र लिएर जनता समक्ष जान्छौं,’ प्रचण्डले भने, ‘चुनाव चिन्ह भने आ–आफ्नै हुन्छन्।’ प्रचण्डले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने जानकारी पनि दिए।

प्रचण्डले कर्णाली प्रदेश माओवादी केन्द्रको प्रभाव क्षेत्र भएकाले प्रदेश सरकारको नेतृत्व पनि माओवादी केन्द्रले पाउने गरी कुरा भइरहेको बताए। ‘कर्णाली माओवादी केन्द्रको प्रभाव क्षेत्र हो,’ उनले भने, ‘२०७४ मा एमालेसँग तालमेल गर्दा ‘टेक्निकल मिस’ भएको थियो, अहिले त्यसो हुन दिँदैनौं, कर्णालीमा माओवादी केन्द्र नेतृत्वको सरकार बनाउने गरेर कुरा भइरहेको छ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu