Connect with us
Kapilvast Forest

फुट्योे शंकरपुर तालको बाँध “माल पाएर पनि, चाल नपाएको विजयनगर”

२०७९, १७ भाद्र शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी- कपिलवस्तुको शंकरपुर ताल संरक्षण नहुदाँ तालको बाँध फुटेको छ । जिल्लाको विजयनगर गाँउपालिका वडा नं ४ मा रहेको  ४० हेक्टर क्षेत्रफलमा फैलिएको शंकरपुर तालको बाँध फुटेको छ । गएराती परेको अविरल वर्षाका कारण कपिलवस्तु विजयनगरमा रहेको शंकरपुर तालको बाँध फुटेको हो ।

शंकरपुर ताललाई व्यवस्थित बनाउन विजयनगर गाउँपालिकाले खासै चाँसो नदिदाँ बाँध फुटेको स्थानिय कृष्ण आर्चायले बताउनुभयो । कृष्ण आचार्यका अनुसार पटक पटक बाँध संरक्षणका लागि आग्रह गर्दा पनि कुनै सुनुवाई भएको थिएन आखीर बाँध फुटेयो । विभिन्न सम्भावना बोकेको शंकरपुर ताललाई वेवास्ता गरेकै कारण बाँध फुटेको स्थानियले बताएका छन । शंकरपुर ताल माल पाएर पनि, चाल नपाएको जस्तो भएको छ ।

ताल फुटेपछी उक्त क्षेत्रमा जोखिम बढेको छ । ताल फुटिसकेकाले गाउँपालिकाका करिव १५ वटा गाउँका स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । गाउँपालिका कै पर्यटकीय स्थलमा रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल फुटेसंगै स्थानीय त्रसित भएका छन ।

ताल फुटेसंगै जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली सोहि स्थानमा पुगेको छ । संयौ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिंचाईका कुला, वस्ती कटान हुने जोखिम बढेकाले सर्तकता अपनाउनका लागि सुशुचित गर्ने र तत्काल उद्धारका लागि गाउँपालिका लागिपरेको अध्यक्ष थापाले बताउनुभयो ।

विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरि संरक्षणका लागि विभिन्न कामहरु गरेको बताए पनि उपलब्धी मुलक काम नभएको स्थानिय दिपक रोक्काले बताउनुभयो ।
विजयनगर गाँउपालिकाका अध्यक्षले प्रदेश, केन्द्र सरकारसंग निरन्तर पहल गर्दा पनि प्रदेश, केन्द सरकारले चासो नदेखाएका कारण अहिले यो अवस्था आएको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘प्रदेश र केन्द सरकारले चासो देखाई आवश्यक बजेट विनियोजन गरेर ताल संरक्षणका लागि ड्याम बांधि व्यवस्थित गरेको भए तालको अहिले यो अवस्था हुने थिएन ।

जिल्लाको पश्चिमी क्षेत्रकै सवै भन्दा ठुलो तालको रुपमा परिचित छ । चन्द्रौटा बजारबाट करिव ५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीको रुपमा रहेको बुढापाका वताउछन । शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वास रहेकोले सोही अनुरुप यस तालको नाम नै शंकरपुर ताल रहन गएको स्थानीय बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu