पाल्पा–२ मा एमालेबाट ठाकुर गैरे सर्वसम्मत
पाल्पा – प्रमुख प्रतिपक्ष्खाी दल नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र नं २ बाट सर्वसम्मत प्रतिनिधिसभा उमेदवार सिफारिस भएका छन् । उक्त क्षेत्रमा उमेदवारका लागि गैरेको एकल उम्मेदवारी परेको छ ।
आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले नेता गैरेलाई एकल उमेदवारका रुपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयाे ।
पाल्पामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एमालेले नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र विष्णु जिसीको नाम सिफारिस भएको छ