Connect with us
Kapilvast Forest

बाल दिवसमा वहस मुलक कार्यक्रम

२०७९, २९ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिकामा ५८औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । वलमैत्री समाजको आधार ः जिम्मेवार परिवार ,उत्तरदायी सरकार भन्ने मुल नारा सहित दिवसका अवसरमा शिवराज नगरपालिका स्तरीय आशा संजाल को आयोजना , वडा प्रहरी कार्यालय चन्द्रौटाको समन्वय एवम किर्डाक नेपालको सहयोगमा वहस मुलक कार्यक्रम तथा रयाली सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागि वालवालिकाहरुले वाल अधिकार , बालश्रम निषेध र बालवालिकालाई जोखिमपूर्ण काम निषेधित क्षेत्र तथा अन्य काममा लगाउदा समेत स्वास्थ्य, सुरक्षा तथा सेवा र सुबिधामा अधिकार र सम्बन्धित निकायको नजर लगायतका विषयमा गरेका पश्नहरुको सरोकारवाला,मानव अधिकाकर्मि प्रहरी प्रतिनिधि ,संघ सस्थाका प्रतिनिधि ,शिक्षक लगायतले जवाफ दिएका थिए ।

कार्यक्रममा बालवालिकाले बालवालिकाको संरक्षण र उनीहरुको हक हित र बाल श्रम अन्त्यका लागि शिवराज नगरपालिकाले विभिन्न संघ सस्थाहरुसगँको समन्वयमा काम गरेको बताई। अधिकांस बाल श्रम इटाभट्टामा भएको उल्लेख गर्दै त्यसको समाधानमा लागि परेको समेत बताईन। बाल अधिकार र बालश्रम मुक्त लगायतका विषयको निम्ती वजेट विनियोजन गरेको समेत बताईन। प्रत्यक्ष बालबालिकाको सहभागिता र बालश्रम न्युनिकरण को लागि नगरपालिका सकरात्मक रहेको बताईन ।

सथै कायर्यक्रममा वडा न २ का वडा अध्यक्षले जवाफ दिदैं वालवालिको हक अधिकारको निम्ति वडाले विशेष निगरानी गर्दै अगाडि बढ्ने बताए साथै वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले यस क्षेत्रका सामाजिक संघ सस्थासगँ सहकार्य गर्दै वाल अधिकारको निम्ती लागेको बताए । शिवराज नगरलाई छिटै बालश्रम मुम्त घोषणा गर्न सबै लागि पर्ने समेत बताए । वालवालिकाको हक अधिकारको निम्ती कार्यविधिको लागि गहन छलफल भईरहेको समेत बताए ।

त्यस्तै मननाव अधिकार कर्मिलाई प्रश्न गर्दै बालबालिकाले अधिकार कर्मिहरुले के कस्ता काम गर्छ बाल अधिकारको बारेमा कसरी सम्बोधन गर्छ भन्ने भन्ने प्रश्नको जवाफ दिंदै मानव अधिकार प्रतिष्ठानका सभापति विष्णु प्रसाद खतिवडाले आफनो संस्थाले बाल दिवसमा मात्रै काम नगरेर हरेक दिन काम निरन्तर गर्दै आएको बताए। बालबालिकाको भविष्य उज्जवल बनाउन संघ सस्थाको भन्दा अभिभावक र अग्रजहरुको विशेष भुमिका रहने भन्दै बहुआयामिक रुपमा उनीहरुलाई सही बाटो देखाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा महिला मानव अधिकार कर्मि मिना परियारले हरेक वर्ष बाल दिवस मनाइदै आएपनि बालबालिकाको अवस्थामा खासै सुधार हुन नसकेको गुनासो ब्यक्त गरीन साथै । साथै सरोकारवालाहरुले भौतिक पुर्वधारमा एउटै ठाउँमा पटक पटक बजेट विनियोन गर्छ तर वालबालिकोको क्षेत्रमा खर्च गर्न कि त दिवस खोज्छ कि त शिर्षक उनले भनिन।

होटल ,तथा ब्यापार ब्यवसाय र इटा भट्टाहरुमा बाल श्रम भएको छ सम्बन्धित निकायले के कदम चालेको भन्दै गरेको प्रश्नको जवाफमा ब्यास संघका केन्द्रिय सदस्य महादेव पोखे्रलले स्थानिय सरकारसगँ सहकार्यमा अनुगमन र खवरदारी गर्दै आएको बताए ।
साथै उनले इटा भट्मा काम गर्दै गर्दा अभिभागक सगै काम गर्ने बालबालिकाको श्रम शोषण भएको भन्दै सरोकारवाला र सम्वन्धित निकायको छलफल पछि अहिले ति वालकालिका विध्यालय जाने बातावरण सृजना गरेको बताए।
कुनै पनि निकायमा वाल श्रम हुन हुन्न भन्ने कुरामा आफु सचेत रहेको समेत बताए ।
साथै कार्यक्रममा संचालका वालवालिकाले पत्रकारहरुलाई प्रश्न गर्दै वालवालिको विषयलाई खासै चासो नदिएको भन्ने पश्नको जवाफ दिँदै पत्रकार महा संघ लुम्विनी प्रदेश सदस्य चिन्ता परियारले कुनै न कुनै माध्यमबाट वाल अधिकारको विषयमा कुरा उठाएको बताएका थिए । साथै आगामि दिनमा हरेक माझ पुग्ने गरी वालवालिकाका विषय उठान गर्ने समेत जनाए ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका हिम बहादुर जि सी ले वालवालिकाको अधिकारको दुरपयोग वा शोषण लगायतका सुचना वा जायरी आएको खण्डमा संविधानको अधिकारलाई टेकेर कारवाहिको दायरामा ल्याउने समेत बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले किर्डाक नेपालले स्थानिय सरकारको सहकार्यमा बालवालिकाको हक अधिकाका विषयलाई जोड दिदैं आएको बताए । वाल अधिकारका मुद्दामा सरोकारवालाहरुको प्रयास रहयो भने बाल हधिकारका कुराले सार्थकता पाउने बताएका थिए ।
कार्यक्रममा सहभागिहरुले बाल अधिकार शुनिश्चितका लागि हस्ताक्षर सहित प्र्रतिबद्धता समेत गरेका थिए ।पत्रकार दिपक के सीले सहजिकरण गरेकोे बहसमुलक कार्यक्रम आशा संजालका सचिव गुन्जा थारुको संचालन अध्यक्ष रिना यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu