Connect with us
Kapilvast Forest

७५ जिल्लामा ११ हजार भन्दा बढीमा डेंगु पुष्टि, नौ जनाको मृत्यु

२०७९, २९ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं- पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन यता नौ जनाको डेंगुले मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार दुई हप्तामा छ हजार ४७२ जनामा डेंगु पुष्टि भएको छ।

प्रवक्त डा. ठाकुरका अनुसार सबै भन्दा बढी १० जिल्लाबाट पाँच हजार ४०३ जनामा डेंगु पुष्टि भएको छ। योसँगै हालसम्म ७५ जिल्लाबाट ११ हजार ६५ जनामा डेंगु पुष्टि भएको डा. ठाकुरले जानकारी दिनुभयो। डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा आठ हजार ३९० जनामा भएको छ। यस्तै, लुम्बिनीमा एक हजार ४२१, प्रदेश १ मा ३४६, सुदूरपश्चिममा ३२३, गण्डकीमा २२४, मधेश प्रदेशमा १९८ र कर्णाली प्रदेशमा १६२ जनामा डेंगु पुष्टि भएको छ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुर तीन हजार ७९३, काठमाडौंमा २५ सय ६९, मकवानपुरमा ११ सय १२, रुपन्देहीमा ५९८, दाङमा ३७८, भक्तपुरमा २२०, धादिङमा १४०, तेह्रथुममा ११२ काभ्रेमा ११२ र चितवनमा १७८ गरी १० जिल्लामा सबै भन्दा बढी नौ हजार २२६ जनामा डेंगु पुष्टि भएको छ।

हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपका रुपमा देखा पर्ने गर्छ। यस अघि २०१९ मा प्रकोपका रुपमा फैलिएको थियो। सोही समयमा १७ हजार भन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो।

भाइरोलोजिष्ट डा. लुना भट्टका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्।

एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने सचेत रहन चिकित्सकको सुझाव छ। सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ। नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu