Connect with us
Kapilvast Forest

महाराजगंज: नि:शुल्क आँखा शिबिरमा ३ सय ३५ जनाले चेकजाँच गराए

२०७९, ३० भाद्र बिहीबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको महाराजगंज नगरपालिका कार्यालयको आयोजना र छन्द कालेबाबु नारायनी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर संचालन गरिएको छ ।
महाराजगंज नगरपालिकाको वडा नं १० हर्दौनामा संचालित हर्दौना स्वास्थ्य चौकीमा शिबिर संचालन गरिएको छ । आज संचालित पहिलो दिनको शिविरमा महिला १सय ८८ र पुरुष १ सय ४३ गरि ३ ३५ जनाले आँखा चेकजाँच गराएको महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो। शिविरमा ८० जनाको मोतिया बिन्दुको अपरेसन गर्नुपर्ने बिरामी छनोट भएको नगर प्रमुख कलामले बताउनु भयो । मोतिया बिन्दुको अप्रेशन गर्नुपर्ने ब्यक्तिहरुको अप्रेशन भईरहेको र अप्रेशन गरिने बिरामीहरुलाई कालो चस्मा समेत बितरण गरि मात्रै घर पठाईने नगर प्रमुख कलामले बताउनु भयो ।
नगरवासीहरुलाई घर आगनमै सेवा उपलब्ध गराउने उद्देश्यले महाराजगंज नगरपालिकाले प्रत्येक बर्ष नगरपालिकाका नागरिकहरुका लागि निशुल्क आँखा शिविर सन्चालन गर्दै आएको नगर प्रमुख कलामले बताउनु भयो । महाराजगंजमा संचालित शिबिरमा छिमेकी नगरपालिकाहरुको नगरवासीहरुले समेत सेवा लिएको र २०७९ भाद्र ३० र ३१ गते संचालन हुने नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu