Connect with us
Kapilvast Forest

बोल्न नसक्ने बुुवाआमा हराएपछी छोराछोरीको बिच्चली

२०७९, ३ आश्विन सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ रमवादहवा बस्ने बर्ष अन्दाजी ४५ का ढिकरु थारु र उनकी श्रीमती बर्ष ४० की शिव रतनी थारु हराएपछि उनीहरुको छोराछोरी विच्चलीमा परेका छन । थारु दम्पती २०७८ माघ ९ गते दुवै जना घरबाट निस्केर दाङ जान्छु भनेर हिडेका थिए । ढिकरु थारु र उनकी श्रीमती शिव रतनी थारु दुबै बोल्न नसक्ने थिए । थारु दम्पती हराउदा उनका सनतानलाई खान लगाउन समेत समस्या भएको छ ।

बोल्न नसक्ने आमाबुवा हराउदा ३ छोरी र १ छोरा विच्चलीमा परेका छन । छोरीहरु १७ बर्षीय रामकली थारु, १३ बर्षीय सिता थारु, ८ बर्षीय अस्मीता थारु र बर्ष ६ का छोरा सुवास थारु विच्चलीमा परेका छन । माँइली छोरी सितालाई लिनका दाङ हिडेका दुवै जना अझैसम्म वेपत्ता भएका छन ।

घरबाट हिडेका उनीहरु न दाङ पुगे न घर नै फर्किए । बुवाआमा आउछन भन्ने आस गरेको पनि ८ महिना पुग्नै लागेको बुवाआमा कहाँ गए भन्ने छोराछोरीलाई झनै चिन्ता सताएको छ । बुवाआमा नआएपछी उनीहरु शिवराज नगरपालिका १ सोनपुरमा रहेको माउली हजुराबुवा हरि प्रसाद थारुको घरमा बस्दै आएका छन । अरुको खेतमा काम गर्ने हरि प्रसाद आफैँ विरामी परिरहन्छन ।

हरी प्रसादले ज्याला मजदुरी गरी कमाएर ल्याएको रकमले नाती नातिनालाई पाल्दै आएको बताउनुभयो । छोरी ज्वाईलाई धेरे खोज्ने प्रयास गरे कहि कतै नभेटिएको थारुले बताउनुभयो । उनीहरु जहाँभएपनि सुरक्षीत छन एक दिन आउछन भन्ने विस्वास रहेको हरि प्रसाद थारुले दुखेसो पोख्नुभयो ।

आफनो बुवाआमालाई खोजी गरिदिनका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी दिएको ठुली छोरी रामकली थारुले बताउनुभयो । रामकलीले भनीन् आफुले सकेजती आमा बुवाको खोजी गरिहेका छौ तर कहीकतै भेटीनुभएको छैन ।

रामकलीले भनिन “हामीले धेरै खोजी कार्य गर्यौ तर कहै कतै नभेटीएपनि प्रहरीको सहयोग मागेका छौ ।” दुबैजना बोल्न नसक्ने हुनुथ्यो कहा जानुभयो हामी धेरै चिन्तामा छौ रामकलीले बताइन ।माइती छोरी थारु भन्छीन आमाबुवा बोल्न नसक्ने भएपनि हाम्रो शहारा हुनुथ्यो मेहनत मजदुरी हामीलाई पाल्नुभएको थियो ।

अहिले हामीलाई वहाँहरुको धेरै आवश्यक्ता रहको छ । सानो भाईले आमा बुवा भनी रुन्छ हामीले कहाँबाट ल्याउने भन्दै दुख पोखिन । सिताले भनिन “हामीले आफुलाई बल्ल तल्ल सम्हालो छौ सानो बहिनी र भाईले त आमाबुवालाई धेरै सम्झीन्छन ।” कहि कसैले देखे भेटे ९८४७०६३०१९ मा जानकारी दिन सिताले अनुरोध समेत गरिन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिल जंग शाहीले हराएको थाहा पाउने साथ खोजीकार्य जारी राखेको बताउनुभयो । सन्चार मार्फत सबै ठाउँमा दुवै जनाको हुलिया सहित जानकारी गरेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक शाहीले भने “अहिलेसम्म कहीबाट कुनै खबर आएको छैन आएपछि हामी परिवारलाई तत्काल बोलाउछौे ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu