महाराजगंजको नि:शुल्क आँखा शिबिरमा २ सय १२ जनाको अप्रेशन १ हजार ३ सय २८ जनाले चेकजाँच गराए ।
कपिलवस्तु-कपिलवस्तुको महाराजगंज नगरपालिका कार्यालयको आयोजना र छन्द कालेबाबु नारायणी आखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा संचालन गरिएको दुई दिने निस्शुल्क आँखा शिविरमा महिला ७६४ पुरुष ५६४ गरि १ हजार ३ सय २८ जनाले आखाँ चेकजाँच गराएको जस मध्ये मोतिया बिन्दुको अप्रेशनको छनौट भएको २ सय १२ जना बिरामीहरुलाई अप्रेशन गर्ने कार्य सम्पन्न भएको महाराजगंज नगरपालिकाको नगर प्रवक्ता एवं वडा नं १को वडा अध्यक्ष प्रमोद कुमार चौधरीले जानकारी दिनु भयो।
महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम ले बृद्धबृद्धा र बिपन्नलाई लक्षित गरी नगरपालिका भित्रै सो सेवा दिएको बताए । ‘ नगरबासीहरुलाई गरको प्रतिबद्धता अनुसार काम गरेका छु, ’ उहाँले भन्नु भयो। शिबिरमा गुमेको आखाको ज्योति फेरी पाएर खुशी भएको देँख्दा आफनो मन प्रशंन्न भएको उहाँले भन्नु भयो । ‘ बृद्धबृद्धाहरु हर्षित भएको देख्दा उनीहरुको आर्शिबाद पाए जस्तो लागेको छ ’ उनले भने ।महाराजगंज नगरपालिकाले नगरको बिभिन्न ठाँउहरुमा प्रत्येक वर्ष निस्शुल्क आखाँ शिविर संचालन गर्दै आएको नगर प्रमुख कलामले बताउनु भयो । डा।सुलक्ष्मी कटुवालको नेतृत्वमा खटिएको छन्द कालेबाबु नारायणी आखा अस्पताल बहादुरगंजको १८ जना प्रबिधिक टोलीलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो।
नगरबासीहरुलाई गरेको प्रतिबद्धता अनुसार नगरपालिकाले काम गरि रहेको, उनले भने, महाराजगंज नगरपालिका भित्र रहेको आखाको बिरामीहरुको समस्या समाधान गर्न नगरपालिकाले प्रत्येक बर्ष निस्शुल्क आखा शिबिर संचालन गर्दै आएको नगर उप प्रमुख रीता कुमारी कुर्मीले बताउनु भयो । महाराजगंज नगरपालिका वडा नं १ अर्न्तगत संचालित श्री फलहारी बाबा बहुमुखी क्याम्पसमा संचालन गरिएको २ दुईदिने निस्शुल्क आखा शिबिरमा छिमेकी नगरपालिकाको नगरवासीहरुले समेत सेवा लिएको महाराजगंज नगरपालिकाको नगर उप-प्रमुख रीताकुमारी कुर्मीले जानकारी दिनु भयो ।अप्रेशन भएको बिरामीहरुलाई भोली चस्मा र औषधी बितरण गरि मात्रै घर पठाईने उहाँले बताउनु भयो ।
कपिलबस्तुको महाराजगंज नगरपालिका वडा नं ०७ बस्ने १०१ बर्षिय बुधई यादवले आर्थिक अवस्था कमजोर रहेकोले अप्रेशन गराउन सकेका थिएनन । शिबिरमा अप्रेशन गराएका १०१ बर्षिय बुधई यादवले घर आगन मै सेवा पाएकोले खुसी ब्यक्त गर्दै आफुलाई संसार देखाएकोमा आयोजकलाई धन्यवाद समेत दिए ।
शिबिरमा जाच पछि एक दिनमै अप्रेशन गरिएको थियो । अप्रेशन पछि आखा देख्न थालेको,गुमेको आखाको ज्योति फेरी पाए पछि उनी निकै हर्षित भएको बिरामीहरुले बताए । ‘ गुमेको आखाको ज्योति पाएको छौ, नया जीवन पाए जस्तो लागेको छ ’ उहाहरुले भन्नु भयो । २७६ जनालाई चस्मा बितरण गरि पठाईएको थियो ।