Connect with us
Kapilvast Forest

चार महिलाको नवलपरासीबाट उद्धार, एक पक्राउ

२०७९, ११ आश्विन मंगलवारमा प्रकाशित

नवलपरासी- देशका विभिन्न स्थानका महिलाहरूलाई रोजगारीको प्रलोभनमा भारत हुँदै कुवेत लैजान लागेका चार जना महिलाहरूलाई नवलपरासीको महेशपुरबाट उद्धार गरिएको छ ।
जागिर खान एक रुपियाँ पनि नलाग्ने भन्दै मानव तस्करले नवलपरासीको महेशपुर नाकाबाट भारत लैजान लागेको अवस्थामा काभ्रेका दुई जना, सिन्धुलीका एक जना र धनकुटाका एक जना गरी चार महिलालाई माइती नेपाल र प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत भोजराज पाण्डेले बताउनुभयो ।

भारतमा विना लगानीमा काम पाउने भन्दै झुक्याएर भारतको बाटो हुँदै कुवेत लैजान लागिएका महिलाको उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस कार्यमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट–४ बाडीपीडित बस्ने ३५ वर्षीय गोरख दमाई छन् । यसैगरी, अन्य मानव बेचबिखनको कार्यमा संलग्न अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले बताइएको छ ।

पछिल्लो समय नवलपरासीका मानव तस्करले महिलालाई भारत लैजाने गरेका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu