Connect with us
Kapilvast Forest

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२०७९, १३ आश्विन बिहीबारमा प्रकाशित

जुम्ला — जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ । हिमा गाउँपालिका–१ आचार्यलिहीमा वागमती प्रदेश ०३००१ ख २१६४ नम्बरको ट्रक राति दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको हाे । बसका सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गरिएको छ । घाइते सहचालककाे टाउकोमा चोट लागेको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेततर्फ जाँदै गरेको ट्रक हिमा १ आचार्यलिही नजिकैको बझाङे खोलामा दुर्घटना भएको थियाे । नाग्म गमगढी सडकखण्ड अन्तर्गत हिमा गाउँपालिकाको सो क्षेत्र दुर्घटना जोखिम क्षेत्र मानिन्छ । दुर्घटना भएको ट्रकमा सात सय कार्टुन स्याउ रहेको व्यापारीहरूले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu