Connect with us
Kapilvast Forest

फुलिका बाल विवाह तथा छुवाछुत मुक्त घोषणा हुने

२०७९, १३ आश्विन बिहीबारमा प्रकाशित

नुर मोहम्मद मुसलमान

कपिलवस्तु- मायादेवी गाउपालिका ३ फुलिकामा बाल विवाह तथा छुवाछुत विरुद्ध निगरानी समिती बैठक सम्पन्न भएको छ ।

वैठकले आउने पौष ५ गते भित्र बाल विवाह तथा छुवाछुत मुक्त घोषणा गर्ने वडा निर्णय भएको छ ।

मायादेवी गाउपालिका ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले पौष ५ गते बाल विवाह र छुवाछूत मुक्त वडा घोषणा गर्ने प्रतिवद्धता गर्नुभयो ।

यादवका अनुसार वडा भित्र रहेको टोल वस्तीमा वालविवाह भऐ नभएको जानकारी लिन तथा वाल विवाह छुवाछुत जस्ता समाजिक अपराधको वस्ती स्तरबाट तत्थांक संकलन गर्न निर्देशन दिनु भयो ।

मायादेवी ३ फुलिका वडा सदस्य इन्दु कुमारी थारुको संयोजकत्वमा ५ सदस्य अनुगमन समिती गठन गरिएको छ । जस्को सदस्यहरुमा राधेश्याम लोध, ओमकार यादव, रामकमल यादव, धनेश्वरी धर्ति रहनु भएको छ ।

सिद्धार्थ समाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहीका अनुसार वालविवाह छुवाछुत दाइजो प्रथा महिला अधिकार संपत्तीमा महिलाको हक नागरिकता तथा जन्म दर्ताहकको अधिकार लगायतका क्षेत्रमा काम गरिरहेको बताउनु भयो ।

आउने पौष महिनाको ५ गते भित्र बाल विवाह तथा छुवाछुत मुक्त घोषणा गर्नमा सहयोग गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रमका फोकल पर्सन रोम कान्त घिमिरे कार्यक्रम संयोजक धनेश्वरी धति, थिम लिडर लिला अचार्य, राम रेखा वरुण,
नुरमोहम्मद मुसलमानले बाल विवाह तथा छुवाछुत मुक्त घोषणा गर्नमा सहजीकरण गर्नु भएको छ । 

वडाका किशोरी संजाल, युवा क्लब, नागरिक बहस केन्द्र समाजसेवी बुद्धजिवीहरुको उपस्थितीमा २५ सदस्य बाल विवाह तथा छुवाछुत विरुद्ध निगरानी समिती पुर्नगठन समेत गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu