Connect with us
Kapilvast Forest

कैलालीमा चरी बाघको बच्चा फेला

२०७९, १५ आश्विन शनिबारमा प्रकाशित

अविनाश चौधरी-
कैलालीमा चरी बाघको बच्चा फेला परेको छ । गौरीगङ्गा नगरपालिका –७ स्थित चौधरी खोलामा शनिबार चरी बाघको बच्चा फेला परेको हो । फेला परेको सो चरी बाघको बच्चालाई सब डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरी धनगढी पुर्‍याएको छ ।

उद्धार गरेर ल्याइएको चरी बाघको बच्चालाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको डिभिजन वन कार्यालय धनगढीमा कार्यरत रेन्जर रामऔतार चौधरीले जानकारी दिनुभयो ।

‘तत्काललाई त्यो बच्चा त्यहीँ रहन्छ’ उहाँले भन्नुभयो, ‘पछि वनमा पनि छोड्न सकिन्छ ।’ भेटिएको चरी बाघ अल्पवयस्क अवस्थाको रहेको विज्ञ प्रा. करनबहादुर शाहले बताउनुभयो ।

नेपालमा चरी बाघ सामान्य मानिए पनि संरक्षणको प्राथमिकतामा परेको प्रजाति रहेको उहाँको भनाइ छ । कैलालीको घोडाघोडी सिमसार क्षेत्र, बसन्ता कोरिडोर क्षेत्रमा चरी बाघ पाइने गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu