निरा गृहिणी समाजको अध्यक्षमा क्षेत्री चयन
काठमाडौँ– निरा गृहिणी समाजको अध्यक्षमा शुसिला क्षेत्री सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौँमा भएको पाँचौ साधारण सभाले क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरीएको निवार्तमान अध्यक्ष निरा तिमिल्सीनाले जानकारी दिनुभयो ।
समाजको उपाध्यक्षमा पुनम भण्डारी, सचिव नविन कार्की, कोषाध्यक्ष लक्ष्मी घिमिरे लगायत ९ सदस्य निर्विरोध चयन भएका छन् । काठमाडौँ महानगरपालिका– बतिसपुतली ९ मा कार्यालय रहेको निरा गृहिणी समाजले नेपालको विभिन्न स्थानमा समाजिक सेवाका क्रियाकलाप गर्दै आएको छ ।
नवनिर्वाचित अध्यक्ष क्षेत्रीले समाजिक क्रियाकलाप गर्दे जाने बताउनुभयो । वि सं २०७५ मा स्थापना भएको समाजले सिपमुलक तालिम, समाज परिवर्तनका लागि नैतिक शिक्षा, ट्राफिक जनचेतना, सरसफाई लगायत काम गर्दै आएको छ ।