Connect with us
Kapilvast Forest

प्रचण्डद्वारा गाेरखा २ मा उम्मेद्वारी दर्ता

२०७९, २३ आश्विन आईतवारमा प्रकाशित

काठमाडाैँ-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा निर्वाचन क्षेत्र नम्बर – २ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।

उहाँको प्रस्तावकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र समर्थकमा नेपाली काँग्रेसका गोरखा जिल्ला सचिव किशोर जङ्ग थापाले हस्ताक्षर गर्नुभएको छ ।

त्यस्तै, प्रदेशसभा ‘क’ मा नेपाली काँग्रेसका सुरेन्द्र पाण्डे र ‘ख’ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।

अध्यक्ष प्रचण्ड उम्मेद्वारी दर्ता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथमा गोरखा पुग्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu