Connect with us
Kapilvast Forest

दशैंको अवधिमा सवारी दुर्घटनामा परी ९७ को मृत्यु

२०७९, २४ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं- यो सालको दशैंको घटस्थापना अर्थात् असोज १० देखि २२ गते शानिबारसम्म नेपालभर एक हजार ३४३ सवारी साधन दुर्घटनामा परेको छ । सवारी दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको छ भने एक हजार ३९८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार यो अवधिमा दुर्घटनामा परी सबैभन्दा बढी ६७ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुने महिलाको सङ्ख्या २२ जना रहेको छ । यस्तै, चार बालक र चार जना बालिकाको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी १७६ पुरुष, ५१ महिला, १५ बालक र ६ जना बालिका गरी जम्मा २४८ जना गम्भीर घाइते भएका छन् । ७१९ पुरुष, २६६ महिला, ९१ बालक र ६५ जना बालिका गरी जम्मा एक हजार १४१ जना साधारण घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी सवारी दुर्घटनामा परी चार पाशुचौपायाको मृत्यु भएको र चार वटा घाइते भएको प्रहरीको तथ्याङ्क छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २८ वटा ट्रक ट्याङ्कर, ६ टिपर, ५१ बस, ५ माइक्रो बस, १९० जिप कर, ३ ट्याम्पो, २२३ मोटरसाइकल र अन्य ३ गाडी गरी जम्मा ५०९ सवारी साधन दुर्घटना भएको छ ।

प्रदेशमा सवारी दुर्घटना उस्तै

प्रहरीका अनुसार दशैंको समयमा प्रदेशमा पनि सवारी दुर्घटनाको अवस्था उस्तै छ । प्रदेश नम्बर १ को इटहरी प्रहरीका अनुसार ४ ट्रक ट्याङ्कर, ३ टिपर, ७ बस, ४ माइक्रो बस, २८ जिप कर, ४ ट्याक्टर, २५ ट्याम्पो, १३८ मोटरसाइकल र अन्य २८ गरी जम्मा २४१ वटा सवारी साधन दुर्घटनामा परेको छ ।

प्रदेश नम्बर २ को पथलैयाका अनुसार ३ ट्रक टेकंर, २ टिपर, १० बस, २ माइक्रो बस, १८ जिप कर, ९ ट्याक्टर, १८ ट्याम्पो, २९३ मोटरसाइकल र अन्य ४५ गरी जम्मा ४०० वटा सवारी साधन दुर्घटनामा परेको छ ।

प्रदेश नम्बर ३ को रामनगरका अनुसार ७ ट्रक टेकंर, ११ बस, ३ माइक्रो बस, २१ जिप कर, १ ट्याक्टर, ६ ट्याम्पो, ४७ मोटरसाइकल र अन्य तीन गरी जम्मा ९७ वटा सवारी साधन दुर्घटना भएको छ ।

गण्डकी प्रदेशमा १ डोजर, ४ कर जिप, १ ट्याम्पो, ५ मोटरसाइकल गरी जम्मा १२ वटा सवारी साधन दुर्घटनामा परेको छ । प्रदेश ५ को बुटवलका अनुसार ५ बस, १ माइक्रो बस, ४ जिप कर, १ ट्याक्टर, २४ मोटरसाइकल र अन्य गरी जम्मा ४२ वटा सवारी साधन दुर्घटनामा परेको छ ।

कर्णाली प्रदेश प्रहरीका अनुसार ३ ट्रक ट्याङ्कर, २ माइक्रो, ७ कर जिप, २ ट्याक्टर, ४ ट्याम्पो र १२ मोटरसाइकल गरी जम्मा ३० वटा सवारी साधन दुर्घटनामा परेको छ ।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका अनुसार २ बस, २ जिप कर, ९ मोटरसाइकल र २ ट्याम्पो गरी जम्मा १५ वटा सवारी साधन दुर्घटनामा परेको छ ।

उपत्यकामा ७ जनाको मृत्यु

मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने तीन र चार जना पैदल यात्रीको काठमाडौं उपत्यकामा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता (एसपी) अवदेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दशैंमा काठमाडौं उपत्यकाको सवारीसाधन व्यवस्थापन गर्न ट्राफिक प्रहरी रातदिन खटेको थियो ।

त्यसकारण तुलनात्मकता यो दशैंमा धनजनको क्षति कम हो । काठमाडौं उपत्यकामा दशैंमा सवारीसाधन सामान्य अवस्थामा चलेको थियो । उहाँले भन्नुभयो–“दशैंमा मापसे बढी हुने भएकाले त्यसलाई मध्यनजर गरी नियमित भन्दा ३८ स्थानमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट बढी राखिएको थियो, यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्यो ।” नेपाल प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार सडकमा कडाइ गरे पनि दुर्घटना रोकिएको छैन ।

यो तथ्याङ्कले यस वर्ष पनि दशैंको यात्रा सुरक्षित गराउने प्रतिबद्धता पुरा नभएको हो । उहाँले भन्नुभयो–“दशैंमा यात्रुको चाप उत्तिकै हुन्छ, सडक उबडखाबड जीर्ण छ, गाडीको यान्त्रिक परीक्षण नगरी तीव्र गतिमा गुड्ने गाडी दुर्घटनामा पर्छ ।” ओभर लोड, ओभर स्पिड, जहाँ पायो त्यही बाटो काट्नेजस्ता समस्याले पनि दुर्घटना बढेको हो ।

दशैंमा दुर्घटना बढ्ने भएकाले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनुपर्ने नियमअनुसार ट्राफिक प्रहरीले यसको छड्के जाँच गरेको थियो ।

तर, त्यसले काम गरेको नदेखिएकाले सह प्रवक्ता विष्टले भन्नुभयो–“दुर्घटना हुनुको मुख्य कारण मापसे, लापरबाही र ओभर स्पिड हो, ट्राफिकको आँखा छल्दा यस्ता दुर्घटना दोहोरिने गरेको छ ।”

यो दशैंमा भएको दुर्घटना मध्येको ठूलो दुर्घटना हेटौँडा–अमलेखगन्ज खण्डको ३ नम्बर पुलनजिकै ब्रेक फेल भएर भएको बस दुर्घटना हो । जहाँ १७ जनाको मृत्यु भयो । त्यही सडक खण्डको चुरीयामाई मन्दिर नजिक बस दुर्घटना हुँदा पनि दुई जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए ।

लामो दुरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर, छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था लागू गरिए पनि दशैँमा दुर्घटना भयो । यो मानवीय त्रुटिको परिणाम रहेको विष्टको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu