Connect with us
Kapilvast Forest

कमालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन

२०७९, २७ आश्विन बिहीबारमा प्रकाशित

कपिलवस्तु-
निर्वाचनको प्रचारप्रसारलाई सशक्तढंगले अघि बढाउन कपिलवस्तुमा सत्ता गठबन्धनको निर्वाचन परिचालन समिति गठन गरिएको छ । कपिलवस्तुको तौलिहवा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पाच दलीय गठबन्धनको बैठकले पुवं सांसद तथा काग्रेस नेता अतहर कमालको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । निर्वाचन परिचालन समितिमा कांग्रेसका ४, माओबादी केन्द्रका ३, नेकपा समाजबादीका २ र राष्ट्रिय जनमोर्चा नेपालका २ जना सदस्य रहेको कांग्रेस प्रबक्ता ईश्वरी प्रसाद पाण्डेयले बताए ।

यस्तै कांग्रेसले पनि पार्टी जिल्ला सभापति अब्दुल कलामको नेतृत्वमा १ हजार सदस्यीय निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरेको छ । पार्टी जिल्ला समिति कलामले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अपील गरे। ‘ पाच दलीय गठबन्धनका नेता र कार्यकर्ताहरु अब गाउ गाउमा गएर माहौल सूजना गनुर्् पर्छ ’ उनले भने ।

सो अवसरमा समितका संयोजक अतहर कमालले सत्ता गठबन्धनका नौ जना उम्मेदवारलाई जिताउन सबै लागी पर्नु पर्ने बताए । वर्तमान सत्ता गठबन्धनले गरेका राम्रा कामलाई जनता माझ लानु पर्ने र ओलीको पाला भएका असंबैधानिक काम, नागरिकता बिधेयक लगायतका कुराहरु जना सम्म लानु पर्ने उनले बताए ।

सबै मिलेर सत्ता गठबन्धनको उम्मेदवारलाई जिताउने गरी माहौल बनाउनु पर्छ र प्रचार प्रसारलाई तीब्ररुपमा अघि बढाउनु पर्ने उनले बताए । कांग्रेस जिल्ला सभापति कमालको अध्यक्षतामा भएको बैठकमा कांग्रेस उपाध्यक्ष हुमाकान्त खनाल, कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय सभापति अब्दुल मन्नान खा, कांग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरी, माओबादी केन्द्रका जिल्ला ईन्चार्ज बिष्णु बेल्बासे राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, माआबादी केन्द्रका जीत बहादुर चौधरी, माओबादी केन्द्रका सोमनाथ अर्याल, लक्ष्मण पाख्रेल, राष्ट्रिय जनमोर्चाका शिव प्रसाद पौडेल, नर बहादुर लगायतको सहभागीता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu