नागरिकको अपेक्षा अनुकुल काम गर्छु: मिर्जा राशिद बेग
समाजसेवी युवा नेता मिर्जा राशिद बेगले आफु निर्वाचित भए विकासको गती अघी बढाउने बताउनुभएको छ । पत्रकारसंग कुराकानी गर्दै नागरिकको अपेक्षा अनुकुल काम गर्ने बताउनुभएको छ।
जनता प्रगतीशिल पार्टी नेपाल क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यमा उमेद्वारी दिनुभएका मिर्जाले यहाँका नागरिकहरुको भावना बुझेर, जनताले बताए अनुकुल आफुले काम गर्दै जाने बताउनुभएको हो।
कपिलवस्तुको कृष्णनगर नगरपालिका, विजयनगर गाँउपालिका, लगायतका क्षेत्रमा निर्वाचन परिचालनका कार्यहरु जारी राखेको बताउनु भयो । भौतिक पूर्वाधार, शिक्षा र कृषि क्षेत्रमा आफुले काम गर्ने मिर्जा राशिद वेगले बताउनु भयो।

कपिलवस्तुको विजयनगर गाँउपालिकामा कार्यकर्तासंग कुराकानी गर्दै उम्मेदवार मिर्जा राशिद बेग ।