Connect with us
Kapilvast Forest

कपिलवस्तुको युनाईटेड अस्पतालमा मेरुदण्डको सफल अप्रेसन

२०७९, ३ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तुको बाणगंगा वडा न.४ मा सञ्चालित युनाईटेड अस्पतालले मेरुदण्डको सफल अप्रेसन गरेको छ । जिल्लामै पहिलो पटक यस अस्पतालले मेरुदण्डको अप्रेसन गर्न सफल भएको हो । अस्पतालले सिडिवाट खसेर मेरुदण्ड भाँचिएको महिलाको मंगलवार दिँउसो अप्रेसन गरेको थियो । बाणगंगा नगरपालिका वडा न. ११ घरबुदियाकि पञ्चमि थारुको हाड जोर्नी डाक्टर समिर खान लगाएतकोे टिमले अप्रेसन गरेको अस्पतालले जनाएको छ । अप्रेसन पछि पञ्चमि थारुको परिवार लगाएत स्वयम आफैले डाक्टरहरुलाई धन्यवाद ब्यत गर्नु भयो । यता हाड जोर्नी डाक्टर खानका अनुसार लामो समयको अनुभवले युनाईटेड अस्पतालमा अप्रेसन सेवा सुरु गरेको र प्राय सबै अप्रेसनहरु सफल भएको बताउनु भयो । हाल सम्म यस अस्पतालमा करिब २ सय भन्दा बढि साना–ठुला अप्रेसन भएका छन् । जसमा हाडजोर्नी भाँचिएको, एपेन्डीक्स, पाठेघरको अप्रेसन, डेलिभरिको अप्रेसन, पित्तको थैलिको अप्रेसन, लगाएतका अन्य थुप्रै अप्रेसन सफल भएको अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले बताउनु भयो । उहाँले अब केहि समयमा अस्पतालले थप सेवा सुविधा प्रदान गर्ने बताउनु भयो । आचार्यका अनुसार आईसियू, भेन्टीलेटर, सिटिस्क्यान सहित १ सय सैय्याको अस्पताल बन्ने र प्राविधिक शिक्षालय समेत पञ्चालन हुने बताँउनु भयो । अस्पतालले अन्य जनरल सुविधाहरु पनि प्रदान गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu