Connect with us
Kapilvast Forest

शिवराज नगरपालिकाको कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण

२०७९, ६ कार्तिक आईतवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण भएको छ । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको अभ्यासलाई पछ्याउँदै शिवराज नगरपालिकाले पनि बैठकको प्रत्यक्ष प्रशारण गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले आइतबारको बैठकबाट प्रत्यक्ष प्रशारण सुरु गरेको बताउनुभयो । नगरपालिकाका समग्र गतिविधिमा पारदर्शिता ल्याउन बैठक प्रत्यक्ष प्रशारण गरेको पाण्डेले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj