Connect with us
Kapilvast Forest

५०औँ हप्तामा डेंगु सङ्क्रमण शून्यमा झर्ने

२०७९, ७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५०औँ हप्तामा डेंगु सङ्क्रमण शून्यमा झर्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक माधवकुमार श्रेष्ठले डेंगु सङ्क्रमण विस्तारै घट्दै गएको र ५०औँ हप्तामा शून्यमा झर्ने मन्त्रालयले प्रक्षेपण गरेको जानकारी दिनुभयो ।

रोगको प्रवृति हेर्दा नेपालमा डेंगु सङ्क्रमण ४० औँ हप्तामा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार डेंगु सङ्क्रमण ३६औँ हप्तामा उच्च बिन्दुमा पुगेको थियो । मन्त्रालयको पछिल्लो विवरणअनुसार साउन यता ५२ जना डेंगु सङ्क्रमितको मृत्यु भैसकेको छ ।

त्यस्तै, सातै प्रदेशका ७७ वटै जिल्लाबाट ४३ हजार ६८५ जनामा डेंगु पुष्टि मन्त्रालयको तथ्याङ्कले देखाएको छ । काठमाडौंमा १२ हजार ९५३, ललितपुरमा नौ हजार १२२, मकवानपुरमा चार हजार ६५१, भक्तपुरमा तीन हजार १०७, दाङमा दुई हजार १०८ , चितवनमा एक हजार ९११, रूपन्देहीमा एक हजार १७५, धादिङमा ९७९, काभ्रेपलाञ्चोकमा ४८० र सुर्खेतमा ४७० जिल्ला सबैभन्दा बढी ३६ हजार ९५६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

सोही जिल्लाबाट ८५ प्रतिशतमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ वटा डेंगु सङ्क्रमितको नमुना परीक्षण गर्दा तीन जनामा ‘सेरोटाइप थ्री’ पुष्टि भएको छ । डा. दाहालका अनुसार यसअघि नेपालमा सेरोटाइप वान र सेरोटाइप टु पुष्टि भएको थियो ।

सन् २०१९ मा धरानमा डेंगुको प्रकोप हुँदा गरिएको सेरोटाइप परीक्षणमा वान र टु पुष्टि भएको थियो । सोही समयमा देशभर करिब १७ हजार संक्रमित भएका थिए भने छ जनाको मृत्यु भएको थियो । यो वर्ष फैलिएको डेंगु भाइरस कुन टाइपको हो भन्ने पुष्टि गर्न महाशाखाले देशभर विभिन्न क्षेत्रबाट ३५० वटा नमुना परीक्षणबाट परिणाम आएपछि अहिले फैलिरहेको कुन डेंगु हो भनेर पत्ता लाग्ने उहाँले जानकारी दिनुभयो ।

सामान्यतया डेन–१, डेन–२,डेन–३ र डेन–४ गरी डेंगुका चार प्रकार ‘सेरोटाइप’ हुन्छन् । एक समय अवधि र ठाउँमा कुनै एक सेरोटाइप मात्र हाबी हुने गर्दछ । यसअघि सन् २०१९ मा देखिएको डेंगु महामारीमा डेन–२ सेरोटाइप हाबी भएको थियो तर अहिलेका डेंगु सङ्क्रमितहरूमा सन् २०१९ को भन्दा कडा लक्षण देखिएको हुँदा सेरोटाइप बदलिएको हो कि भन्ने उहाँकाे आशङ्का छ ।

डेंगु के हो ?

चिकित्सकका अनुसार डेंगु एडिस एजप्टी र एडिस एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् । लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव भई बेहोस हुने भएकाले डेंगुभएका मानिसलाई हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव छ ।

उच्च ज्वरो आएमा कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्ने डेंगुको उपचार हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu