Connect with us
Kapilvast Forest

हथौसा सामुदायिक वनको अध्यक्षमा पुनः गुप्ता चयन

२०७९, १२ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तुको बाणगंगा ११ हथौसामा रहेको हथौसा सामुदायिक वनमा पुन श्याम गुप्ताको नेतृत्वमा १५ सदस्य नयाँ समिति चयन भएको छ ।

वनको सातौ अधिवेशनबाट उपाध्यक्षमा उत्तम बहादुर कुवंर सचिवमा खुमा शर्मा वाग्ले , कोषाध्यक्षमा दामोदर पंगेनी, सहसचिवमा कमल प्रसाद घिमिरे, सदस्यहरुमा सोमनी थारु ,शुशिला मगर, जमुना देवी पंन्त लगाएत चयन भएका हुन् ।

सामुदायिक वनको प्रर्वद्धनमा गुप्ता नेतृत्वले उल्लेख्य काम गर्न सफल भएको उपभोक्ताहरुको भनाई छ ।

त्यसैगरि अधिवेशनले ५ सदस्य लेखा समिति चयन गरेको छ । जसको संयोजकमा रविन्द्र पौडेल, सदस्यहरुमा हुमा घिमिरे, गणेश अधिकारी, सिराज अहम्मद, तुल्सा अधिकारी चयन भएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj