Connect with us
Kapilvast Forest

जनमतका उम्मेदवारलाई जिताऔं विकास गरेर देखाउछौँः सिके राउत

२०७९, २० कार्तिक आईतवारमा प्रकाशित

सनिउल्ला धोबी,कपिलवस्तु-जनमत पार्टीका अध्यक्ष सिके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस, नेकपा एमाले,
माओवादी र मधेशवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिए तर विकास नगरेकाले जनमत पार्टीलाई मतदान गर्न राउतले आग्रह गर्नुभयो ।

कपिलवस्तुको रुद्रपुरमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष राउतले मंसिर ४ गते पछी देशमा नया आयाम आउने बताउनुभयो । पटक पटक नेतृत्व गरेका नेताहरु असफल भएको उहाले बताउनुभयो ।

राउले भन्नुभयो ‘यहाँ लामो समय राणाहरूले, राजा रजौटाले, राजनीतिक दलले शासन गरे । तर, आजसम्म जनता अधिकार र आधारभूत सेवा सुविधाबाट वञ्चित गरिँदै आएको छ । राजनीतिक दलले मुलुक र जनतालाई दशकौँबाट उत्पीडनमा
राख्दै आएको राउतले बताउनुभयो ’

काँग्रेस, कम्युनिस्टले शासन गरे पनि जनतालाई आधारभूत मागको पूर्ति गराउन नसकेको आरोप लगाउनुभयो । जनमत पार्टीले विकासको एजेण्डा सहित अघि आएको हो राउतले बताउनुभयो

सभामा कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार नरसिंह चौधरीले दलकै कारण युवा बेरोजगार हुँदै रोजगारीका लागि बिदेसिन बाध्य हुनुपरेको बताउनुभयो । कपिलवस्तुमा शासन गरेका यस अघिका नेताहरुले केही
पनि काम नगरेकाले अब जनमत नै सबैको आसा भरोसा भएको उम्मेदवार चौधरीले बताउनुभयो ।

जनमतले कपिलवस्तु क्षेत्र नं ३ (१) प्रदेश सभा सदस्यको उम्मेदवार देवराज भारतीले स्वास्थ्य, शिक्षा, कृषि विकासको एजेण्ड आफ्नो प्रमुख एजेण्डा भएको बताउनुभयो । उम्मेदवार भारतीले आफु नेता नभएर जनताको छोरा भएकोले यस क्षेत्रमा विकासको मुल फुटाउने बताउनुभयो ।

त्यस्तै क्षेत्र नं ३ (२) प्रदेश सभा सदस्य पदका उम्मेदवार राहुल पाण्डेले युवाहरु वेरोजगार हरेकोले सबैभन्दा पहिले रोजगारको व्यवस्थापन गर्ने बताउनुभयो ।
उम्मेदवार पाण्डेले अहिलेको नेताहरु भ्रष्टाचारलाई प्रश्रय दिँदै आएकाले जरैदेखी भ्रष्टाचार हटाउने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu