Connect with us
Kapilvast Forest

सडक र विद्युत् पुगेपछि फेरियो चुनावी मुद्दा

२०७९, २८ कार्तिक सोमबारमा प्रकाशित

सिराज खान- नेपालगञ्ज-केको नरैनापुर क्षेत्रमा गत तीन दशकभन्दा बढी समयदेखि हरेकजसो निर्वाचनमा उठाइँदै आएका चुनावी मुद्दाहरू यस पटक भने फेरिएका छन्।

नरैनापुरवासीका घर–घरमा सडक र विद्युत् पु-याउने विषय हरेक निर्वाचनमा सबै राजनीतिक दलको मुख्य मुद्दा बन्ने गरेका थिए तर, पाँच वर्ष अवधिमा नरैनापुरको भारतीय सिमानासम्म नै कालोपत्रे सडक र विद्युत् पुगेपछि यस पटकको निर्वाचनमा उक्त मुद्दा उठाइएको छैन।

सो क्षेत्रका जनताले डुबानमुक्त बनाउनुपर्ने, खाद्यान्नको व्यवस्था गरिनुपर्ने र गाउँगाउँमा भौतिक विकास पु-याउनुपर्नेलगायतका मागलाई मुख्य मुद्दा बनाएका छन्।
बाँके जिल्लाकै अति विकट मानिने नरैनापुरमा स्थानीयको सक्रियताले घरआँगनमा कालोपत्रे सडक र विद्युत् पुग्दा चुनावी मुद्दासमेत फेरिएको युवा तथा खेलकुदमन्त्री एवं बाँके क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वरजङ्ग गहतराज बताउनुहन्छ। गत निर्वाचनमा आफूले पनि सोही मुद्दामा चुनाव लडेको जनाउँदै उहाँले जनताको माग पूरा गर्न सकिएकाले अहिले मुद्दा फेरिएको दाबी गर्नुभयो। अब बाँकी रहेका विकाससँगै रोजगारी र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गरिने उहाँको भनाइ छ।

आफूहरूले गरेको कामकै कारण विगतमा हरेकजसो निर्वाचनमा मुद्दा बन्दै आएको सडक र विद्युत् यस पटक मुद्दा बनाउनु नपरेको भनाइ बाँके क्षेत्र नम्बर १ को प्रदेश सभा (ख)का उम्मेदवार कृष्णा केसीको छ। उहाँले तीस वर्षदेखि बन्दै आएको मुद्दालाई विस्थापित गरिदिएकाले आगामी दिनमा पनि यस क्षेत्रका लागि राम्रो गर्ने प्रतिबद्धता जनाउनुभयो। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह पनि पाँच वर्ष पहिले पालिका अध्यक्षको उम्मेदवार हुँदा आफूलेसमेत सडक र विद्युत्कै मुद्दामा चुनाव लडेको बताउनुहुन्छ।

जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न सफल भएकै कारण फेरि यस पटकको स्थानीय निर्वाचनमा एक पटक आफूलाई सेवा गर्ने अवसर मिलेको अध्यक्ष शाहको भनाइ छ। अब डुबान, सुक्खा, रोजगारी, शिक्षा र स्वास्थ्यमा ध्यान दिनुपर्ने बेला भएको उहाँले बताउनुभयो।

नरैनापुर–४ का ७० वर्षीय मोल्हे दर्जीले हरेक चुनावमा भोट माग्न आउने नेतासँग सडक र बिजुली मागेको स्मरण गर्दै भन्नुभयो, यस पटक दोहो-याउनु परेन। यस्तै नरैनापुर–२ का राजेश बर्माले पनि सानै उमेरदेखि सधैँ सडक र विद्युत् माग्दै आएको सुनेकोमा यस पटक माग फेरिएको बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu